पोखरा सडक महोत्सवको पूर्वाद्धमा ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’

पाेखरा | पुस ३, २०७९

पोखरा सडक महोत्सवको पूर्वाद्धमा ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’

पोखरा:   रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे ।


अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुष १३ देखि १७ गते सम्म पर्यटकिय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ । यसैको २४ आंै संस्करणको प्रवद्र्धनका लागि टोलीले हाइकिङ कार्यक्रम गरिएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोभिडका कारण पछिल्ला दुई संस्करणहरु पाँच दिन सम्म सञ्चालन गर्न नसकिएपनि अब भने पर्यटन उत्थानका लागि पुनःपाँच दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाई छ ।


लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सव देशकै पृथक महोत्सव हो । झण्डै ५ लाख जति आन्तरि तथा वाह्य पर्यटकले यो महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । ‘फुड, म्युजिक, कल्चर’ नारा सहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्याण्डहरुको लाइभ प्रस्तुती, अन्र्र्तराष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका साँस्कृतीक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुङ्गा दौड, वेटर रेस, टग अफ वार लगायतका कार्यक्रमहरु आकर्षणका रुपमा रहने भट्टराईले जनाए । महोत्सवको पूर्वाद्र्धमा खहरेबाट विभिन्न समुहको साँस्कृतीक झाँकि निस्कने छ ।  

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्